News Portal

बिर्तामोडमा मासु व्यवसायी मगरको हत्या

रातोपोस्ट संवाददाता
६४२ पटक

झापा, २५ असाेज ।झापाको बिर्तामोडस्थित महानन्द चोकमा मासु व्यवसायीको हत्या भएको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा स्थानीय इन्द्र मगरको शव भेटिएको हो । उनी मासु व्यवसायी हुन् । उनको कसैले हत्या गरेर शव फालेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुनधारा– ६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका शुरु भएको र मगर शवको पोस्टमार्टमका लागि धरान पठाइएको छ । साँझ ८ बजे नै ब्यवसायीको हत्या भएको भन्दै स्थानीयले बिर्तामोडको शान्ति सुरक्षा प्रति प्रश्न उठाएका छन् ।

बिर्तामोडमा चोरी, लागूऔषध तथा अन्य अपराधिक गतिबिधि बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् । बिर्तामोडको सुरक्षा ब्यवस्था कमजोर हुदाँ समेत यस तर्फ प्रहरीले आवश्यक प्रबन्ध मिलाउन सकेको छैन । स्थानीय सरकारले यसअघि बिर्तामोडको सुरक्षा ब्यवस्था प्रति असन्तुष्टि जनाएको थियो ।

प्रतिकृया दिनुहोस्