News Portal

एकता युबा क्लबद्वारा दशैं शुभकामना आदान–प्रदान

रातोपोस्ट संवाददाता
४०९ पटक

झापा, २५ असाेज । एकता युबा क्लब मेचीनगरले नेपालीहरुको महान पर्व वडादशैंको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

युबा क्लबले सोमवार धुलाबारीमा वडादशैं, तिहार, छठ तथा नेपाल सम्वत् ११४२ को एक–अर्कामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको थियो । एकता युबा क्लबका अध्यक्ष सन्ताेस धमलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती, अन्य अतिथिहरुमा एकता युबा क्लबका संस्थापक अध्यक्ष अर्जुन राजबंशी, मेचीनगर- ९ का वडा अध्यक्ष गोपाल खड्का, लायन्स क्लब मेचीनगरका प्रथम उपाध्यक्ष मोहन मैनाली, लायन्स क्लब मेचीनगरका सचिव नवराज प्रधान, उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत, युवा समाजसेवी राजु धिमाल, कृष्ण श्रेष्ठ, धुलाबारी जुनियर जेसिस अध्यक्ष शैलेस गौतम र सञ्चारकर्मीहरुकाे उपस्थित रहेकाे थियाे । कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष आशिष पौडेलले गरेको कार्यक्रमलाई सचिव मञ्जु चिमरियाले सञ्चालन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्