News Portal

‘कमेडी च्याम्पियन’ भरतमणिलाई दमकमा अभिनन्दन

रातोपोस्ट संवाददाता
२४० पटक

झापा, ३१ असाेज । ‘कमेडी च्याम्पियनु भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । हालै सम्पन्न कमेडी च्याम्पियन रियालिटी सोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए ।

अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि जित्दै पौडेलले रु २५ लाख र कार प्राप्त गरेपछि उनको कमेडीको यात्रा चुलिएको थियो ।

प्रतिकृया दिनुहोस्