News Portal

गृह मन्त्रालयले गर्‍यो सीडीओको सरुवा

रातोपोस्ट संवाददाता
३३८ पटक

काठमाडौं, ३१ असाेज । दशैं बिदापछि कार्यालय खुलेको पहिलो दिन नै गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। आइतबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट प्रजिअसहित केही कर्मचारीको सरुवा गरेका हुन्।

मन्त्रालयका अनुसार गृहका सहसचिव किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिइएको छ। कैलाली (सीडीओ)खगेन्द्र रिजाललाई मन्त्रालयमा तानिएको छ। यस्तै गृहका सहसचिव जगन्नाथ पन्त पाल्पा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रजिअ तोकिएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल विपद् जोखिम प्राधिकरणमा तानिएका छन्। उनको स्थानमा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीलाई पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्