News Portal

आमा छोरासहित झापाका ५ जना नेता एकीकृत समाजवादीको केन्द्रीय सदस्य मनोनित

रातोपोस्ट संवाददाता
४२८ पटक

झापा, ३१ असाेज । समाजवादी पार्टीको केन्द्रीय कमिटीमा पुष्प पोखरेल, लोकबन्धु कन्दङ्वा, इन्द्र बुढाथोकी, शारदा घिमिरे र अशेष घिमिरे मनोनित भएका हुन् । केन्द्रीय सदस्यमा मनोनयन भएका पोखरेल एमालेका पूर्व सांसद हुन् ।

त्यस्तै, केन्द्रीय सदस्यमा मनोनयन भएका कन्दङ्वा पनि एमालेमै रहेका थिए । साविक अनारमनी नगरोन्मूख गाविसका उपाध्यक्ष रहेका कन्दङ्वा एमाले छोडेर केही वर्षदेखि स्वतन्त्र बामपन्थी रहेका थिए । बुढाथोकी दमकका पूर्व मेयर हुन् भने मेचीनगर इटाभट्टा निवासी शारदा घिमिरे पूर्व शिक्षिका हुन् । त्यस्तै अशेष घिमिरे अखिलका पूर्व केन्द्रीय नेता हुन् । उनी जनता टेलिभिजनमा आवद्ध रहेका छन् । त्यस्तै इलामबाट नेकपा एकिकृत समाजवादीमा तीनजना केन्द्रीय सदस्य मनोनयन भएका छन् । समाजवादी पार्टीको केन्द्रीय कमिटीमा जिल्ला अध्यक्ष भक्त केसी, खिनु लङ्वा र रामचन्द्र पराजुलीलाई मनोयनन गरिएको हो ।

केन्द्रीय सदस्यमा मनोनयन भएका केसी इलामका पुराना कम्युनिष्ट नेता हुन् । उनी नेकपा एमालेका जिल्ला उपाध्यक्ष थिए । एमाले विभाजनपछि बनेको समाजवादी पार्टीको जिल्ला अध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यमा मनोनयन भएकी खिनु लङ्वा लिम्बु प्रदेश एकको प्रदेशसभा सदस्य हुन् । इलाम क्षेत्र नम्बर एकको ‘क’ बाट निर्वाचित लङ्वा विकासवादी नेतृको रुपमा मतदातासँग लोकप्रिय छिन् । त्यसैगरी समाजवादीका केन्द्रीय सदस्यमा मनोनयन भएका रामचन्द्र पराजुली इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका सेवानिवृत्त सहप्राध्यापक हुन् । केन्द्रीय सदस्यमा मनोनयन भएका अषेश र शारदा आमा छोरा रहेका छन् ।

प्रतिकृया दिनुहोस्