News Portal

विराटनगर विमानस्थलमा बाढी पस्यो सबै उडान रद्ध

रातोपोस्ट संवाददाता
२५४ पटक

विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो ।

विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । उनका अनुसार क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।

बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्