News Portal

दसैँको टीका लगाउन गएकाकाे पहिरोमा परेर ज्यान गयाे

रातोपोस्ट संवाददाता
३०३ पटक

धनकुटा, ३ कार्तिक । धनकुटामा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा गय राति खसेको पहिरोमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेका छन् ।

त्यस्तै सोही पहिरोमा परि ६ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये झापाको दमक ठेगाना भएकाहरू दसैंको टीका लगाउन गएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्