News Portal

बाढी पहिरोबाट प्रदेश १ मा ४९ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
२८१ पटक

विराटनगर, ३ कात्तिक । प्रदेश-१ मा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथरमा २२, इलाममा १२, धनकुटामा ६, सुनसरीमा ५, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

उनका अनुसार सुनसरीमा ७ जना बेपत्ता छन्। उनीहरुको खोजी कार्य जारी रहेको एसपी राईले बताए। धनकुटाबाट ६ जना घाइतेको प्रहरीले उद्धार गरेको छ। बाढीपहिरोमा परेर घाईते भएका उनीहरुको उद्धार गरिएको एसपी राईले बताए। प्रदेश १ का विभिन्न जिल्लाबाट क्षतिको विवरण संकलन भइरहेको एसपी राईले बताए।

प्रतिकृया दिनुहोस्