News Portal

धाइजन निवासी भट्टराई असाेज २२ गतेदेखि सम्पर्क विहिन

रातोपोस्ट संवाददाता
३१४ पटक

झापा, ४ कार्तिक । झापाको मेचीनगर –११ धाइजन स्थित कार्की टोल निवासी ९१ वर्षिय खड्ग बहादुर भट्टराई गत असोज २२ गते (शुक्रबार) देखि सम्पर्क विहिन भएका छन् ।

शुक्रबार दिउसो १ बजेको समयमा घरबाट निस्किएका भट्टराई बेलुकासम्म घर नआए पछि परिवारले खोजी कार्य सुरु गरेका थिए । अहिलेसम्म सबै आफन्त छरछिमेकीमा खोजी गर्दा पनि परिवारले फेला पार्न नसकेको जानकारी गराउँदै वृद्ध बुवाको खोजी कार्यमा सहयोग गरिदिनु हुन छोरा नर बहादुर भट्टराई र बुहारी गंगा भट्टराईले सबैलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्