News Portal

पछिल्लो २४ घण्टामा ५४५ कोरोना संक्रमित थपिए, ८ को निधन

रातोपोस्ट संवाददाता
२६५ पटक

काठमाडौ‌, ४ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्