News Portal

बाढीपहिरोमा परी मृत्यु हुनेकाे संख्या १०१ पुग्यो, ४० जना बेपत्ता

रातोपोस्ट संवाददाता
७२८ पटक

काठमाडौं, ४ कार्तिक । बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १ सय १ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले ४० जना बेपत्ता भएको र २६ जना घाइते भएको जानकारी दिए । ‘‘अहिलेसम्म १०१ जनाको मृत्यु भइसकेको छ । बेपत्ताको खोजिकार्य जारी छ । घाईतेहरूको उद्धार कार्य पनि जारी छ,” उनले भने ।

प्रतिकृया दिनुहोस्