News Portal

बागमती प्रदेश : कांग्रेस र नेकपा एसबीच आलोपालो नेतृत्व गर्ने सहमति

रातोपोस्ट संवाददाता
३२८ पटक

हेटौँडा, ४ कार्तिक । वाग्मती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच आलोपालो प्रणालीमा सत्ता चलाउने सहमति भएको छ। बिहीबार (आज) प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले कांग्रेस र नेकपा (एस)बीच प्रदेशसभाको कार्यकाल आलोपाले नेतृत्व गर्ने सहमति भएको हो ।

वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शाक्यको बहिर्गमनलगत्तै एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र आधा अवधि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति गरिएको हो ।

केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमतिबमोजिम बिहीबार वाग्मती प्रदेशसभा बैठकअघि गठबन्धनका प्रदेशका संसदीय दलका नेताहरुबीच समेत छलफल भएको थियो । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा बैठकमा टेबल गरिसकेकी छन्।उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन छ ।

प्रतिकृया दिनुहोस्