News Portal

प्रादेशिक संचार प्रतिष्ठानको सदस्यमा झापाकी पत्रकार भिमा शिवाकोटी

रातोपोस्ट संवाददाता
५७७ पटक

झापा, ४ कार्तिक । नेपाल सरकार प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत प्रादेशिक संचार प्रतिष्ठानको सदस्यमा झापाकी पत्रकार भिमा शिवाकोटी मनोनयन भएकी छिन् ।

नारी सञ्चार गृह झापाकी अध्यक्षसमेत रहेकी शिवाकोटीलाई प्रादेशिक संचार प्रतिष्ठानको (गठन, सञ्चालन तथा व्यवस्थापन) नियामवली २०७७ को नियम (६) को उपनियम (१) बमोजिम मनोनयन गरिएको हो ।

शिवाकोटीलाई आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको सञ्चालक समितिमा गत असोज २५ गते निर्णय अनुसार मनोनयन गरिएको हो । ४ बर्ष कार्यकाल रहने उक्त पदको शाखा अधिकृत विजयकुमार मगरले मनोनयन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्