News Portal

धुलाबारीमा एमालेको नगर अधिवेशन हुँदै

रातोपोस्ट संवाददाता
४४८ पटक

झापा, ९ कार्तिक । नेकपा एमाले झापा मेचीनगरको प्रथम नगर अधिवेशन धुलाबारीमा हुँदैछ । धुलाबारीस्थित पासाङल्हामू स्मृति प्रतिष्ठानमा नगरकाे अधिवेशन सुरु भएको हाे । नेकपा एमाले मेचीनगर पार्टिका अध्यक्ष राजु पोखरेलको सभापत्वि तथा पार्टीका झापा इन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यतामा उदघाटन सत्र सम्पन्न भएकाे हाे ।

अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि कोइराला, बिषेश अतिथि केन्द्रिय सल्लाहाकार सदस्य बिष्णु प्रसाई, क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकी, नगर इन्चार्ज देवकुमार राईलगायतले पार्टीलाई बलियो बनाउन सबैले आ आफ्नो ठाउँबाट लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । नगर अध्यक्ष पोखरेलले राखेकाे राजनितिक तथा सांगठनिक प्रतिवेदन माथि बन्द सत्रमा छलफल हुने भएकाे छ । अधिवेशनको उदघाटन सत्रमा गित र नृत्य समेत प्रस्तुत भएको थियाे ।

अधिवेशन उदघाटन सत्रको सञ्चालन कृष्ण कनालले गरेका थिए भने बिकेन्द्र धिमालकाे स्वागत मन्तब्य रहेकाे थियाे । करीब ७ सय प्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशनको बन्द सत्रले आज मेचीनगरको अध्यक्षसहित एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र ७० जना सदस्य गरी ७५ सदस्यीय नगर कमिटि गठन गर्ने पालिका समन्वय समितिका संयोजक हरिचरण बानियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्