News Portal

देशभर थप ६७२ संक्रमित, ८ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३०० पटक

काठमाडाैं, १० कार्तिक । पछिल्लो २४ घण्टामा ९ हजार चार सय ९५ जनाको कोरोना परीक्षण गर्दा थप ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। २४ घण्टामा चार सय ९५ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। देशभर १० हजार तीन सय ७५ जना संक्रिय संक्रमित छ।

त्यस्तै,काठमाडौंमा एक सय ३७,ललितपुरमा ५० र भक्तपुरमा १५ गरी कुल उपत्यकाभित्र दुई सय २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्