News Portal

गौरादहका हुसेन मियाँको हत्या आरोपमा पाँच जना पक्राउ

रातोपोस्ट संवाददाता
६८४ पटक

झापा, २९ कार्तिक । झापाको गौरादह नगरपालिका ५ का ४६ वर्षीय मवेशिर हुसेन मियाँको हत्याका पाँच आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । मियाँको हत्या आरोपमा ३१ वर्षीय महम्मद सद्दाम र उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन साथै २६ वर्षीय महम्मद सुलेमान र उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र २८ वर्षीय कुर्समान खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

मवेशिर हुसेन गत कात्तिक ११ गतेदेखि बेपत्ता थिए । खोजतलासको माग गर्दै श्रीमती नुरजन खातुनले कात्तिक १४ मा इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएकी थिइन्। प्रहरी खोजतलासका क्रममा छिमेकी महम्मद सद्दामको घरको सेफ्टी ट्याङकीभित्र शव फेला परेको थियो । प्रहरीले घटनास्थलबाट घरेलु धारिलो हतियार छुरी र घन लगायत प्रमाण योग्य वस्तुहरूसमेत बरामद गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा मियाँको योजनावद्ध रुपमा हत्या गरिएको बुझिएको छ । हत्याका पाँचैजना आरोपीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्