News Portal

आमाको हत्या गर्ने छोरा पक्राउ

रातोपोस्ट संवाददाता
१०४७ पटक

पाल्पा, १० मंसिर । पाल्पामा छोरोले आमाको हत्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी हत्याको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

प्रतिकृया दिनुहोस्