News Portal

  • बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    रातोपोस्ट संवाददाता
    ७७ पटक

    झापा, १७ मंसिर । झापाको बिर्तामोड नगरपालिकामा बिहिबार ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

    मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

    बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै बिहिबार बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे. ५ प. १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्