News Portal

तुर्केनी फुटबल क्लब काँकडभिटा ‘फाक्तेप गोल्डकप’को फाइनलमा प्रवेश

रातोपोस्ट संवाददाता
४३५ पटक

झापा, १७ मंसिर । झापाको शिवसताक्षीमा जारी ‘एनी फाक्तेप गोल्डकप’को बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा विजयी हुँदै फाइनल प्रवेश गरेको छ । विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा तुर्केनी फुटबल क्लबले जलथल फुटबल क्लब हल्दीबारीलाई ६–१ को गोल अन्तरले पराजित गरेको हो ।

काँकडभिट्टाको तर्फबाट खेलको पहिलो हाफको १५ औं मिनेटमा मिलन लिम्बुले गोलको खाता खोलेका थिए । त्यसैगरि २२ औं मिनेटमा विदेशी खेलाडी सोह्वील, २५ औं मिनटेमा योगेश गुरुङले एक–एक गरे । खेलको दोस्रो हाफको ५१ औं मिनेटमा अफ्रिकन खेलाडी योमीले गोल गरे, त्यसपछि खेलको ६९ औं मिनेटमा पुनः मिलन राईले सुनौलो गोल गरेका थिए । निक्कै नै उत्कृष्टक खेल प्रदर्शन गरिरहेको काँकडभिट्टाले गोल थप्ने कार्यलाई निरन्तर अघि बढाइनै रहे यत्तिकै मिलन गुरुङ र खेलको अन्त्य ७२ औं मिनेटमा गोल गरे ।

यस्तै, जलथल फुटबल क्लब हल्दीबारीका तर्फबाट सरोज कार्कीले ६७ औं मिनेटमा सान्तवना गोल गरे । खेलको म्यान अफ द म्याच विजेता टिमका विदेशी खेलाडी अबयोमी फकुन्ले घोषित भए । उनलाई प्रतियोगिताको मुख्य प्रायाेजक एनी ब्राण्डका प्रमुख सन्तोष थोप्राले ट्रफी, मेडल र नगद प्रदान गरेका थिए । प्रतियोगिताको फाइनल खेल शनिबार धरान सिटी फुटबल क्लब र विजेता तुर्केनी फुटबल क्लब काँकडभिट्टाबीच हुने आयोजकका अनिल लिम्बुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्