News Portal

काठमाडौंको सोह्रखुट्टेमा भीषण आगलागी

रातोपोस्ट संवाददाता
४८९ पटक

काठमाडौं, १७ मंसिर । शुक्रबार दिउँसो सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा भीषण आगलागी भएको छ ।

आगलागी भएपछि आगो नियन्त्रण गर्न काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको दमकल खटिएको बताइएको छ ।

आगलागीबाट कति क्षति भयो भन्ने सन्दर्भमा आगलागी नियन्त्रणमा लिएपछि पूरा विवरण आउने महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्