News Portal

सभालाई सम्बोधन गर्न महासचिव विप्लव विराटनगरमा

रातोपोस्ट संवाददाता
३६५ पटक

झापा, १८ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) विराटनगर पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी पूर्वी जिल्ला संयुक्त समितिले आज विराटनगरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् ।

आज मोरङको विराटनगर स्थित महेन्द्र चोकमा दिंउसो १२ बजेदेखि हुने जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव हिजो सुनसरी आइपुगेका हुन्। विप्लवले सुनसरी आइपुगेर आफ्ना नेता तथा कार्यकर्तासँग भेटघाट समेत गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्ध पश्चात् पुर्वमा पहिलोपटक महासचिव विप्लवको प्रमुख आतिथ्यतामा वृहत् जनसभा गर्न लागेको हो । महासचिव विप्लवले सम्बोधन गर्न उक्त जनसभामा ६ हजार भन्दा बढी जनताको उपस्थिति रहने नेकपा केन्द्रीय सदस्य सुमन सिंहले बताए ।

प्रतिकृया दिनुहोस्