News Portal

थप २३८ जनामा संक्रमण पुष्ठि, ५ जना मृत्यु

रातोपोस्ट संवाददाता
३२७ पटक

काठमाडौं, १८ मंसिर । नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६७९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५२९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो। त्यस्तै एकैदिन ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३९२ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्