News Portal

चितवन पुगेर प्रचण्डले गरे संविधान संशोधनको वाचा

रातोपोस्ट संवाददाता
३४७ पटक

चितवन, १८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरिने बताएका छन् । उत्पीडित समुदाय र अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि संविधान संशोधन गर्ने प्रचण्डले बताएका हुन् ।

अपाङ्गता संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले भने, ‘पहिलो संविधानसभाले संविधान जारि गर्न सकेन, दोस्रो संविधानसभामा माओवादीको प्रतिनिधित्व कमजोर थियो । अपाङ्गता भएका नागरिकहरुको अधिकार कटौती गरिए, बाध्यात्मक सम्झौताको स्थिति बन्यो, अब संशोधन गरेरै भएपनि अधिकारलाई विकसित र वृद्धि गर्न लाग्नेछौं ।’

उनले उत्पीडित समुदायको अधिकार अझै परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले राजनीतिक नियुक्ति गर्दा अपाङ्गता क्षेत्रबाट प्रतिनिधित्व गराउने आश्वासन दिए । उनले भने, ‘झण्डै ११ सय राजनीतिक नियुक्तिहरु दिनुछ, प्रक्रिया चलिरहेको छ । अपाङ्गता भएकाहरुलाई यसपालि छुटाइनेछैन, मैले बिर्सनेछैन ।’

उनले पार्टीको राष्ट्रिय सम्मेलनमा समेत प्रतिनिधित्व गराइने बताए । सम्मेलनमा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष इन्द्रमाया गुरुङले राज्यका हरेक अंगहरुमा अपाङ्गता भएकाहरुको कम्तिमा ५ प्रतिशत प्रतिनिधित्व गराउन आरक्षणको व्यवस्था हुनुपर्ने माग गरिन् ।

प्रतिकृया दिनुहोस्