News Portal

माओवादी केन्द्रकाे गौरादह अध्यक्षमा घिमिरे

रातोपोस्ट संवाददाता
४०६ पटक

झापा, १९ मंसिर । नेपाल कम्युष्टि पार्टी (माओबादी केन्द्र) गौरादह नगरपालिकाको अध्यक्षमा डण्डीराज घिमिरे (विवेक) चयन भएका छन् । नगरको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माधव भट्टराई, उपाध्यक्षमा कुमार खतिवडा र सुलोचना राजवंशी सर्वसम्मत् चयन भएका छन् । त्यस्तै सचिवमा शेरबहादुर कार्की, सहसचिवमा गणेश राजवंशी र कोषाध्यक्षमा पबित्रा शिवा सर्वसम्मत् चयन भएका हुन् ।

नगर इन्चार्ज हुकुम नेपालीको अध्यक्षतामा भएको अधिवेशन प्रदेशसभा सदस्य तथा पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) को प्रमुख आतिथ्य तथा पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ (विजय) को विशेष आतिथ्य रहेको थियो । सोही कार्यक्रमका विच सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ, जेलजीवन विताउनेलाई सम्मान समेत गरिएको थियो ।

त्यस्तै सोही कार्यक्रमका विच नेत्रबहादुर खत्रीद्धारा लिखित साहित्यिक पुस्तक ‘साहित्यिक रचना भाग १’ विमोचन समेत गरिएको थियो । पुस्तकको चर्चा जिल्ला समन्वय समिति सदस्य डुण्डीराज घिमिरे (विवेक) गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि दर्लामी, बिशेष अतिथि साम्पाङ, प्रदेश कमिटी सदस्य लक्ष्मी न्यौपाने (सरु), राजु आचार्य (अग्नि), गगन पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत पार्टीका जिल्ला समन्वय समिति सदस्य कुमार खतिवडाले गरेको कार्यक्रमको सञ्चालन माधव भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्