News Portal

पुस्तान्तरणको कुरा कांग्रेस-एमालेले राप्रपाबाट सिकून् : लिङ्देन

रातोपोस्ट संवाददाता
३२२ पटक

काठमाडौ, १९ मंसिर । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न अन्य दललाई आग्रह गरेको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित सपथग्रहण समारोहमा उनले नेपाली कांग्रेस र एमालेलाई पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न आग्रह गरेका हुन्।

किन राजनीतिक दलहरु बारम्बार फुटिराख्छन्? त्यसको खोजी गर्दा राजनीतिक पार्टीको विधान र देशको संविधानमा समेत नेतृत्व हस्तान्तरणको व्यवस्था छैन। त्यसैले स्वभाविकले पनि टिकिराख्न वा नेतृत्वमा बसिराख्न मन लाग्छ,’ उनले भने। उनले पुस्तान्तरणको कुरा कांग्रेस-एमालेमा उठे पनि त्यो सफल नभएको बताए। ‘पुस्तान्तरणको कुरा कांग्रेस-एमालेमा उठ्यो तर, सफल भएन। राप्रपामा हुने नेतृत्व हस्तान्तरणले अन्य पार्टीलाई पनि छोयो होला,’ उनले भने।

अध्यक्ष लिङ्देनले आफूहरुसँग इमान्दारिता र निष्ठाको कमी नभएको बताए। ‘हामीलाई श्रद्धय कमल थापाको उतिकै खाँचो छ। विचारलाई जीवन्त राख्न उहाँको सक्रियतालाई कहिल्यै पनि बिर्सिन सकिँदैन। उहाँको योगदानको खाँचो अहिले पनि छ,’ उनले भने।

प्रतिकृया दिनुहोस्