News Portal

मेचीनगरले गर्‍यो स्वास्थ्यकर्मीलाई सम्मान

रातोपोस्ट संवाददाता
५७१ पटक

मेचीनगर, १९ मंसिर । ‘स्वास्थ्य जीवन शैली हाम्रो अवश्यतका संकट न्यूनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ भन्ने नारा सहित आइतबार १८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । सोहि अवसरमा झापाको मेचीनागरमा र्याली, सम्मान र पुरस्कृत गरी मनाइएको छ । मेचीनगर नगरपालिको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा काँकरभिट्टा स्वास्थ्य चौकीबाट शुरु र्यालीले काँकरभिट्टा बजार परिक्रममा गरी स्वास्थ्य चौकीमा आएर सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले स्वास्थ्यकाक्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको प्रशंसा गरे ।

महिला स्वास्थ्य स्वयंसेविकाले आफुले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो नगरपालिका र गाउँपालिकाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसित समन्वय गरी समुदायस्तरमा प्रचार प्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरु समेत प्रदान गर्ने गरेको उनले बताए ।सोहि अवसरमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्य सम्पादनबाट उत्तिर्ण चारजना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मानसहित नगद रकमले पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेमा बालकुमार श्रेष्ठ वडानम्बर —५, तारा भण्डारी वडानम्बर— ६, धनकुमारी न्यौपाने वडानम्बर— ७ र हिराकुमारी गुरुङ वडानम्बर—८ लाई नगदसहित फूल माला र टिका प्रमुख अतिथि वडाध्यक्ष तामाङ, स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले कार्यक्रमको अध्यक्षता गदैं संयुक्तरुपमा प्रदान गरेका थिए । स्वास्थ्यकर्मी विष्णुप्रसाद घिमिरेले सञ्चालन र वरिष्ठ अनमि भद्रिका विशुंखेले स्वागत गरेको कार्यक्रममा पुरस्कृतहरुको तर्फबाट तारा भण्डारीले विचार राखिन ।

प्रतिकृया दिनुहोस्