News Portal

गाउँपालिकाका ८ जना स्वयंसेविकालाई सम्मान

रातोपोस्ट संवाददाता
३५३ पटक

झापा, २० मंसिर । झापाकाे हल्दिबारी गाउँपालिकाले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर गाउँपालिकामा कार्यरत आठ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगतसहित दीर्घ सेवा सम्मान गरेको छ ।

गाउँपालिकाले लामो समय सेवा गरेका स्वास्थ स्वयंसेविकालाई सम्मानित गर्दै बिदाई गरेको हो । कवि माया गौतम, निर्मला थापा, निर्मला राजवंशी, सावित्रा निरौला, सुरमिला राजवंशी, स्वःपूर्ण कुमारी कुँवर, टीकादेवी सिटौला, रेवता शिवाकोटीलाई कार्यअवधिको आधारमा नगदसहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानित गरेको थियो । कार्यअवधिको आधारमा ५५ हजारदेखि १ लाख २० हजार रुपैयाँसम्मको नगदसहित उनीहरुलाई बिदाई गरिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा, ४ का वडा अध्यक्ष होमप्रसाद चुडाल, कार्यपालिका सदस्य गितादेवी तिम्सिना, सरिता न्यौपाने, मातृकादेवि भट्टराई, खकेन राजवंशी, तारादेवी ढकाल, कुमारी बिस्वकर्मा लगायत स्वास्थ शाखा प्रमुख पुष्कर निरौला, जलथल स्वास्थ चौकि प्रमुख रामप्रसाद ढकालको उपस्थिति रहेको थियो ।

महिला स्वयंसेविका शारदा कन्दङ्वाको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले स्वागत गरेका थिए । हल्दिबारी वडा नं.१ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले आगामी दिनमा स्वमसेविकाको रुपमा कार्यरत सबैलाई श्रम ऐनले तोकेको सेवासुबिधा दिलाउन आफु लागि पर्ने बताएका छन् । कार्यक्रमको सहजीकरण गाउँपालिका सूचना अधिकारी राजन न्यौपाने गरेका थिए ।

प्रतिकृया दिनुहोस्