News Portal

झापामा पानीमा डुबेर एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३०५ पटक

झापा, २० मंसिर । माछा मार्ने क्रममा खोलाको पानीमा डुबेर झापामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ वर्षिय भिम सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार बेलुका गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका सोरेन आइतबार बिहानसम्मपनि नफर्किएपछि खोजतलास गर्ने क्रममा दिउसो २ बजे खोलामा डुबेको अवस्थामा उनको सव फेला परेको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्