News Portal

थप २६५ जनामा संक्रमण पुष्टि, २ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
३३७ पटक

काठमाडाैँ, २० मंसिर । पछिल्लाे २४ घन्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६१७ जनाकाे नमुना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घन्टामा थप दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५४३ पुगेकाे छ । यसैगरी थप ३५७ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्