News Portal

शिक्षक नआएपछि विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

रातोपोस्ट संवाददाता
५९७ पटक

सुनसरी, २० मंसिर । सुनसरीकाे कोसी गाउँपालिका-१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिनादेखि विद्यालय खुले पनि विद्यालयमा पढाइ नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विद्यार्थीले सोमबार बिहान ११ बजेदेखि ४ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर कोसी गाउँपालिकाको लौकहिमा सडक प्रदर्शनसमेत गरेका छन् आन्दोलनकारीले विद्यालयमा र कोसी गाउँपालिकामा समेत तालाबन्दी गरेका छन् ।

उनीहरूले परीक्षा आउन लाग्दा पढाइ नभएको, पर्याप्त शिक्षक नभएको र भएका शिक्षक पनि समयमा विद्यालय नआउने गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए । कक्षा ९ मा पढ्ने अफ्ताब अन्सारी शिक्षकले विद्यार्थीप्रति गरेको बेवास्ताले आन्दोलनको रूप लिएको बताउँछन् । १० बजे आउनुपर्ने शिक्षक १२, १ बजे आउने कुनै दिन पनि पुरै पढाइ नहुनेजस्ता समस्याका कारण आफूहरू सडकमा आउनु परेको उनको भनाइ छ । यस्तै मनिषकुमार यादव पनि अन्सारीको भनाइलाई समर्थन गर्दै विद्यालयमा हुने राजनीतिका कारण विद्यार्थीको भविष्य डामाडोल भएको दुः ख पोख्छन् ।

‘विद्यालयमा भएका शिक्षकहरूले पढाइ दिए पनि हुन्थ्यो तर उहाँहरू कति बजे आउँछ, कति बजे जान्छ विद्यार्थीहरूलाई थाहा हुँदैन,’ उनी भन्छन् । यस्तै कक्षा ७ मा अध्ययनरत पूजनकुमारी यादव शिक्षकहरूले हाम्रो भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँछिन् । कोभिडले बन्द भएका विद्यालय खुल्दा पनि पढाइ नहुँदा दिनभर स्कुलमा आएर बस्नु बाहेक कुनै काम नभएको उनको भनाइ छ । ‘शिक्षकलाई देख्नै मुस्किल पर्छ, पढाउन त परको कुरा,’ यादव भन्छिन् । एक हजार भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा विषयगत शिक्षक नहुँदा समस्या भएको छ । गाउँपालिकाले विषयअन्तर्गत शिक्षक दिन नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालय बताउँछ । माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा एक जनामात्रै निम्न माध्यमिक तहका स्थानी शिक्षक छन् ।

शिक्षकले तलब नपाउँदा

प्रतिकृया दिनुहोस्