News Portal

माओवादीले सुरु गर्‍याे घरदैलो अभियान

रातोपोस्ट संवाददाता
३७९ पटक

झापा, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) हल्दिबारी २ वडा कमिटीले घरदैलो अभियान सुरु छ । अभियानले प्रत्येकको घरमा पुगेर स्थानीय कार्यकर्ताको बाटाे, बिजुली, खानेपानी, कुषि र सिंचाई लगायतका समस्याहरुको जानकारी लिएको पार्टिका वडा नं. २ अध्यक्ष वडा खकेन राजवंशीले जानकारी दिए ।

अध्यक्ष राजवंशीको नेतृत्वको अभियान टोलीले पार्टीको हालै अनलाइन मार्फत भरिएको नयाँ सदस्यता नम्बरसहितको पार्टी पि.एम. परिचय कार्डसमेत प्रदान गरिने अध्यक्ष राजवंशीले बताए ।

नव निर्वाचित वडा कमिटीका पदाधिकारीसहितको टोलीले सदस्यसँग परिचयात्मक कार्यक्रम गर्ने र पार्टीलाई परिस्कृत गर्दै रचनात्मक तरिकाले अघि बढाउने जस्ता बिषयमा छलफल पनि गर्ने गरेको बताए । अभियानमा कमिटिका अध्यक्ष राजबंशी, सचिव सारदा चम्लागाई, कोषाध्यक्ष रचना कुलुङ, सचिवालय सदस्य पार्वती टुुडु र कमिटिका सदस्य तथा हल्दिबारीका अध्यक्ष केवल राईको सहभागीता रहेको अध्यक्ष राजवंशीले बताए ।

प्रतिकृया दिनुहोस्