News Portal

के.एफ.सी.को १३औँ शाखा हेटौंडामा

रातोपोस्ट संवाददाता
४८३ पटक

काठमाडौं, २२ मंसिर । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा तेह्रौँ शाखा बिस्तार गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको प्राङ्गणमा खोलिएको के.एफ.सी. रेस्टुरेन्ट स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिकारलगायत बर्गर र अन्य परिकार पाइने जनाइएको छ ।

के.एफ.सी.ले आफ्ना ग्राहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ ।

रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलीकरण गर्ने गर्दछ । के.एफ.सी.का कर्मचारीहरुले हरेक ग्राहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक गा्रहक बीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बीच समाजिक दुरी कायम राख्न स्टिकरलगायत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ ।

प्रतिकृया दिनुहोस्