News Portal

नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

रातोपोस्ट संवाददाता
६३१ पटक

रौतहट, १ पुस । एक हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। नेपाली नक्कली नोटसहित प्रहरीले भारत बिहारको मोतिहारीका २६ वर्षीय विकाश जयसवाल र सोही स्थानका ३२ वर्षीय अजय प्रसादलाई पक्राउ गरेको हो।

प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका–८ नरकटियामा पैदलयात्रु तथा सवारीसाधनलाई चेकजाँच गर्नेक्रममा दुबै जनालाई नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुबै जनाको साथबाट नेपाली नक्कली नोट एक हजार दरका ६९ थान र ५ सय दरको एक थान नोट बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

प्रतिकृया दिनुहोस्