News Portal

ब्रिटेनको वायु सेनाले खसाल्याे ‘शत्रु’ पक्षको ड्रोन

रातोपोस्ट संवाददाता
६५६ पटक

एजेन्सी, २ पुस । ब्रिटेनको रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालिदिएको बिबिसीले छ । झण्डै ४० वर्षअघिको फोल्कल्याण्ड युद्धयता पहिलोपटक ब्रिटिश सेनाले शत्रुको विमानलाई निशाना बनाएको हो ।

ब्रिटेनको रक्षा मन्त्रालयले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको भन्दै उक्त ड्रोन खसालिएको बताएको छ । तर कुन विपक्षी समूहले ड्रोन चलाएको थियो भन्नेबारे भने उसले खुलाएको छैन ।

ब्रिटेनले साइप्रसस्थित आफ्नो अखडाबाट नियमित गस्तीमा रहेका दुईवटा एफजीआर फोर जेटलाई मङ्गलवार एउटा सानो ड्रोनमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।पाइलटहरूले त्यसलाई पहिचान गरे र आकाशबाट छोटो दुरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रको प्रयोग गरेर खसालिदिए । सो घटना इराक नजिकैको सीमा क्षेत्रमा भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्