News Portal

माओवादी मेचीनगरले चन्दा नमाग्ने

रातोपोस्ट संवाददाता
८९९ पटक

धुलाबारी, ६ पुस । नेकपा माओवादी केन्द्र मेचीनगरको प्रथम विस्तारित बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको हलमा कार्यक्रम सम्पन्न भएको हो ।

माओवादी केन्द्रका प्रदेश सदस्य श्यामविर लिम्बु (सौभाग्य) को प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकमा प्रदेश सदस्य प्रकाश भण्डारी (संजोक), प्रदेश सदस्य इन्दीरा कार्की (आयुशा), नेता माधव अर्याल, नरेन्द्र मेचे, पार्टीका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशी,डिल्ली घिमिरे (हिक्मत), पनिता ढकाल, राजु दाहाल, हरि निरौला, विकास थापा, प्रेम नेम्वाङ, पुष्प गुरागाईंलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका मेचीनगरका नयाँ कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । पार्टीको पहिलो बैठकले मेचीनगरका वडा समितिलाई पूरा गर्दै गाउँ–गाउँमा टोल र सेल कमिटी बनाउने निर्णय गरेको छ । बैठकले सल्लाहकार परिषद र जेष्ठ मन्च गठन गर्ने पनि निर्णय गरेको छ ।

पूर्व जनमुक्ति सेना र वाइसियललाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने बैठकले निर्णय गरेको छ । नगरभित्र रहेका १५ वडा मध्य २ वडा छनाेट गरि सुत्केरी महिलालाई पोषणयुक्त सामान लिएर जानुका साथै बैठकले सहिद वेपत्ता परिवार, घाइते तथा अपांग र कार्यकर्तालाई विभिन्न विभागीय जिम्मेवारी दिने निर्णय गरेको छ ।

नगर पार्टीले चन्दाको नाममा कुनै रसिद लिएर नजाने निर्णय गर्दै नगरका कोषाध्यक्षको संयोजकत्वमा आर्थिक विभाग गठन गरेको छ । सचिव ज्ञानेन्द्र घिमिरेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष राजन चिमरियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्