News Portal

झापाको बुधबारेमा कचहरी सडक नाटक प्रदर्शन

रातोपोस्ट संवाददाता
१११४ पटक

झापा, २६ पुस । झापाको बुधबारेमा सडक नाटक प्रदर्शन गरिएको छ ।

बुधबारे सामुदायिक प्रहरी बुद्धशान्तिको आयोजना तथा परिवर्तन थ्रीएटर काँकरभिट्टाका कलाकारहरुको सहयोगमा लागुपदार्थ दुव्र्यसन न्युनीकरण, महिला हिंसा र चेलीबेटी बेचबिखन विरुद्ध चेतना जगाउने कचहरी सडक नाटक प्रस्तुत गरिएको छ ।

बुधबारे सामुदायिक प्रहरी बुद्धशान्तिका अध्यक्ष धरणिधर पोखरेलको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय इटाभट्टाका प्रहरी नायब उपरीक्षक सुशील दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, स्थानीय, शिक्षक, विद्यार्थी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । नाटक बुधबारे र शान्तिनगरमा प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्