News Portal

अनेरास्ववियु काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा बनभोज तथा चिठ्ठा कार्यक्रम

रातोपोस्ट संवाददाता
९८५ पटक

झापा, २९ पुस ।झापाको मेचीनगरमा रहेकाे काँकरभिट्टा बहुमुखी क्याम्पस अनेरास्ववियु संगठनद्वारा बनभोज तथा चिठ्ठा कार्यक्रम बिहिबार सम्पन्न भएकाे छ । मेचीनगरस्थित बासबारी सिमसारमा बनभोज तथा चिठ्ठा कार्यक्रम बिहिबार सम्पन्न भएकाे हाे । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश १ सहसयाेजक दुर्गा धमला, झापा जिल्ला अध्यक्ष राेशन लामा, पुकार कार्की, क्यामपस कमिटि अध्यक्ष सन्देश पाैडेल, नगर कमिटि अध्यक्ष विरू मेचे लगायत १८० जना सहभागी रहेका थिए ।

कमिटिले मनोरञ्जनका लागि चिठा कार्यक्रम र मिउजीकल चियर आयोजना गरेकाे थियाे । चिठा कार्यक्रम ९० जना सहभागी भएकाे र त्यसमा रितिका महत, युगेन लाेहार, गरिमा दाहाल क्रमश पहिलाे, दाेश्राे र तेश्राे भएर एक/ एक थान इलेक्ट्रोनिक जग उपहार प्राप्त गरेका छन ।

काँकरभिट्टा बहुमुखी क्याम्पस संगठन अनेरास्ववियुद्वारा यस कार्यक्रमलाई सहयाेग गर्नु हुने बिधार्थी नेता सन्ताेश धमलालगायत सहयाेगी सम्पूर्ण दाताहरूलाई क्याम्प कमिटि अध्यक्ष सन्देश पाैडेलले धन्यवाद दिदैं समापन गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्