News Portal

मेचीनगरमा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन

रातोपोस्ट संवाददाता
७८१ पटक

झापा, १ माघ । झापाकाे मेचीनगरमा नेकपा माओवादी केन्द्र मेचीनगर वडा नम्बर ६ पार्टिले कार्यालय उद्घाटन गरेको छ । शनिबार मेचीनगर- ६ स्थित भट्टराई चौकमा एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि नेकपा माओवादी केन्द्रकी झापा जिल्ला सदस्य पनिता ढकालले वडा पार्टी कार्यालयकाे ब्यानर पढेर उद्घाटन गरेकी हुन । कार्यालय उद्घान गर्दै ढकालले जनताको हरेक दुःख सुखमा साथ दिने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र भएकाे बताइन् ।

कार्यक्रममा बोल्दै बिषेश अतिथि नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले विगतमा माओवादीले उठाएका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टी भिन्न ढंगबाट जनताको घरदैलोमा पुग्ने उद्घोषका साथ तीनवटा महत्वपुर्ण अभियान सञ्चालन गर्न लागेकाे उनले बताए । साथै उनले पार्टीलाई जनतासँग जोडेर लैजान स्वास्थ्य र कृषि क्षेत्रमा अभियान सञ्चालन गरेकाे उनले जानकारी दिए ।

कार्यक्रममा पार्टीका मेचीनगरका नगर उपाध्यक्ष बद्री फुयाल, सचिव ज्ञानेन्द्र घिमिरे, नगर सहसचिव कृष्ण सिटाैला (काैशल), माओवादी केन्द्रका नेता विकास थापा मागर र राजु दाहाल, नेता डिल्ली शिवाकाेटी, अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष अध्यक्ष हरि निरौला, अखिल नेपाल यातायात मजदुर संघका नगर अध्यक्ष लिला शाही, रिमा खरेल, नगर सदस्य हर्कमाया बस्नेत, खगेन्द्र सिग्देल, पार्टिका १४ नम्बरका वडा अध्यक्ष मुनिलाल राजवंशीलगायत उपस्थित रहेका थिए ।

कार्यक्रमकाे सञ्चालन नेकपा माओवादी केन्द्र मेचीनगर वडा नम्बर- ६ का अध्यक्ष मानबहादुर गिरिले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रघु खनालले गरेका थिए । माओवादी केन्द्र मेचीनगरले आजदेखि पहिलो चरणमा मेचीनगर वडा नंं ७ र १४ मा सुत्केरी महिला तथा बच्चालाई एक प्याकेट ल्याक्टोनिज, १ केजी घिउ, आधाकेजी हर्लिक्स, गुलियो मिठाइसहित नानीको मुख हेरेर १ सय रुपैयाँ सहयोग गर्ने बताएकाे छ ।

प्रतिकृया दिनुहोस्