News Portal

लुकाई छिपाई ल्याएको अवैध माछा प्रहरीद्वारा नष्ट

रातोपोस्ट संवाददाता
५४० पटक

झापा, २ माघ । झापाको गौरादह नगरपालिका वडा नम्बर–३, सहिद गेटमा भारतबाट लुकाई छिपाई ल्याएको अवैध माछा प्रहरीले बरामत गरेको छ ।

आज मे १ च ३६६२ नम्बरको छोटा हात्ती गाडीमा भन्सार छली गरेर नेपाल तर्फ ल्याउदै गरेको १६ काटुन माछा इलाका प्रहरी कार्यालय गौरादहले बरामत गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अनुमानित मुल्य एक लाख ९२ हजार पर्ने अवैध मागुर जातको माछालाई दिउसो १२ बजे स्थानिय भद्र भलादमी, बुद्धिजिवी, पत्रकार, जन प्रतिनिधि समेतको रोहबरमा मुचुल्का गरी खाल्डो खनि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए ।

प्रतिकृया दिनुहोस्