News Portal

  • ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ

    रातोपोस्ट संवाददाता
    ३७४ पटक

    बाँके, ३ माघ । बाँकेको बैजनाथ गाउँपालिकाका १ का वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए ।

    खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ । ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले ठ्याक्कै कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)