News Portal

आगलागीमा मृत्यु भएका राजवंशीको परिवारलाई आर्थिक सहयोग

रातोपोस्ट संवाददाता
९५६ पटक

झापा, ४ माघ । आगो निभाउने क्रममा ज्यान गुमाएका झापा मेचीनगर–८ का सरद राजवंशीको परिवारलाई नेकपा माओवादी केन्द्र मेचीनगर र राजवंशी समाज विकास समितिले साेमबारबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

१२ औ पुन्य तिथिमा माओवादी केन्द्र मेचीनगर र राजवंशी समाज विकास समितिले आर्थिक सहयोग उपलब्ध गराएको हाे । माओवादी केन्द्रले नगद ७ हजार ५ सय रुपैयाँ र राजवंशी समाज विकास समितिले नगद ८ हजार ५ सय रुपैयाँ गरि जम्मा १६ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । मेचीनगर पिपलचोकस्थित केशव पाठकको घरमा गत पुस २१ गते विद्युत सर्ट भई आगो लागेको थियो । छिमेकीको घरमा आगो लागेको देखेर निभाउन पुगेका शरद राजवंशीको सोही घरको सिलिन्डर ग्यास पड्कीएर मृत्यु भएको थियो ।

आर्थिक अबस्था कमजोर रहेको मृतक परिवारलाई अहिलेसम्म स्थानीय निकायबाट सहयोग प्राप्त नभएको परिवारको गुनासो छ । त्यस क्रममा माओवादी केन्द्र मेचीगर कमिटीका अध्यक्ष राजन चिमरियाले स्थानीय सरकारमार्फत तत्काल राहत दिलाउन पहल गर्ने बताए । पीडित परिवारलाई उचित क्षतिपूर्तिको ब्यबस्था मिलाइदिन स्थानीय सरकारसमक्ष माग गरेको राजवंशी समाज विकास समितिले जोडदार माग गरेको सचीव मुनिलाल राजवंशीले जानकारी दिए ।

कार्यक्रममा उत्तम राजवंशी, नन्दलाल राजवंशी, मेचीनगर समितिका सल्लाहकार सदस्य हिरामोहन राजवंशी, नगर समितिका सचिव सुकलाल राजवंशी, कोषाध्यक्ष मिना राजवंशी, मेचीनगर- १४ का अध्यक्ष सुशील राजवंशी, मेचीनगरपालिकाका इन्जिनियर प्रदिप राजवंशी, ओभरसियर सुजित राजवंशीलगायतको उपस्थिती रहेको थियो । गत पुस २१ गते राति आगलागी हुँदा पाठकको घर जलेको थियोे । आगो निभाउन गएका १६ जना घाइते भएका थिए। आगोले जलेर शरतको सोही रात मृत्यु भएको थियो । केही घाइते उपचारपछि घर फर्किएका छन् । गम्भीर केही घाइते अझै अस्पतालमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस्