News Portal

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

रातोपोस्ट संवाददाता
७१५ पटक

काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण परीक्षाहरु स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै सबै तत्कालका लागि सबै परीक्षा स्थगित गरेकाे जानकारी दिएकाे हाे ।

आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कोरोनाको तेस्रो लहरमा पनि सरकारको निर्देशन अवज्ञा गर्दै परीक्षा चलाएको भनेर चर्को आलोचना भएको थियो ।

त्रिवि केन्द्र र अन्तर्गतका क्याम्पसहरुमा परीक्षार्थी, कर्मचारी र प्राध्यापकहरूमा समेत कोरोना संक्रमण देखिएका कारण सबै परीक्षा कार्यक्रम रोक्नुपरेको उक्त सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्