News Portal

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

रातोपोस्ट संवाददाता
२८३ पटक

काठमाडौं, ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही अघि बढाउने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बिभिन्न बिद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा उनले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका हुन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने क्रम नरोकिएको भन्दै विद्यार्थीहरूले शिक्षा मन्त्रीसँग छलफल गरेका थिए । मन्त्री पौडेलले बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउन गृह मनत्रालयसँग छलफल भइसकेको र कारबाही गरेरै छाड्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्