News Portal

आयोजक सहारालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश

रातोपोस्ट संवाददाता
४६१ पटक

पाेखरा, ६ माघ । आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको हो ।

एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे । खेलको १४औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए । ६०औं मिनेटमा प्रदीपले बक्स भित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाएका थिए । हारसँगै आयोजक सहारा क्लब प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्