News Portal

गुणस्तरहीन मह उत्पादन गरी बिक्री गर्ने एक पक्राउ

रातोपोस्ट संवाददाता
५०२ पटक

काठमाडौँ, ७ माघ । गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भएका नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा गुणस्तरतहीन तयारी मह ६ सय किलो, मह बनाउन प्रयोग गरिने कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ सय किलो, ग्लुकोज ५ सय किलो, चिनी १ सय किलो, १÷१ थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु र १ हजार पिस पेट जार सहित फेला पारी पक्राउ गरिएको प्रहरी जनाएको हो।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्