News Portal

लागूऔषध मुद्दामा पक्राउ लाउरे ५० हजार धरौटीमा छुटे

रातोपोस्ट संवाददाता
६३९ पटक

पाेखरा, १० फागुन । लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’ ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार उनीसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको हो।

अदालतले मागेको धरौटी बुझाएर लाहुरे छुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए। उनीसँगै पक्राउ परेका तीनजनालाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको डीएसपी तिवारीले बताए।

पोखराका ३९ वर्षीय ध्रुवबहादुर थापा र २२ वर्षीया सुस्मिता गुरुङ, रुपा गाउँपालिकाका ३० वर्षीय नवीनकुमार गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।गत पुस १४ गते लाउरेसहित चार जना पोखराबाट पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस्