News Portal

फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

रातोपोस्ट संवाददाता
४५५ पटक

काठमाडौं, ५ चैत । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ । घरबाट निस्कने फोहोर पानी (ब्लैक वाटर) खोलाको छेउमा निर्माण गरिएका ढलमार्फत प्रशोधन केन्द्रमा सङ्कलन गरी त्यहाँबाट प्रशोधन गरेर पुनः खोलामा प्रवाह गरिन्छ । काठमाडौँ उपत्यकामा खानेपानीको प्रयोगपछि झन्डै ८० प्रतिशत पानी फोहोर पानीका रूपमा उत्सर्जन भई नदी तथा खोलामा मिसिने गर्छ ।

गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रमा दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ । अन्य केन्द्रहरूको निर्माण प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्