News Portal

पीएनजीमाथि नेपालको रोमाञ्चक जित

रातोपोस्ट संवाददाता
४७७ पटक

काठमाडाै, १४ चैत्र । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलोको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६८ रन बनायो । पीएनजीका लागि नोरमान भानुवाले ५२ रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । उनलाई करण केसीले आउट गरे । करणले नै सिमोन आटेलाई आउट गराए । यसअघि पीएनजीले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो ।

टोनी उरा ५ रन बनाएर आउट भए । उनलाई करण केसीले क्याच आउट गराए । तेस्रो ओभरको अन्तिम बलमा पीएनजीले दोस्रो विकेट गुमायो । पीएनजीका लेगा सिकालाई २१ रनमा सोमपाल कामीले क्याच आउट गराए ।पीएनजीले छैटौं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । पीएनजीका कार्लेस अमिनीलाई अबिनास बोहोराले २२ रनमा बोल्ड आउट गराए । पीएनजीका असाड भाला नवौं ओभरको अन्तिम बलमा ७ रन बनाएर पेवेलियन फर्किए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराए ।

सन्दीपले नेपाललाई ११औं ओभरको अन्तिम बलमा पाँचौं सफलता दिलाए । उनले सेसे बाउलाई ३० रनमा एलबीडब्लू आउट गराए । पीएनजीले १२औं ओभरको तेस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । पीएनजीका रिले हेकुरेलाई अबिनासले ३ रनमा क्याच आउट गराए । १३औं ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो सातौं विकेट गुमायो । पीएनजीका जोसन किलालाई सन्दीप लामिछानेले खाता खोल्न नपाउँदै एलबीडब्लू आउट गराए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् । १२औं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । नेपालका आसिफ शेख ४३ रन बनाएर आउट भए । उनलाई अलेइ नोले क्याच आउट गराए । १३औं ओभरको पहिलो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यल ३४ रन बनाएर आउट भए । उनलाई काड सोपरले क्याच आउट गराए ।

१४औं ओभरको पहिलो बलमा नेपालले आफ्नो चौथो विकेट गुमायो । नेपालका दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउ भए । उनलाई कार्लेश अमिनीले क्याच आउट गराए । १५औं ओभरको तेस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका कुशल मल्ल ११ रन बनाएर बोल्ड आउट भए । उनलाई रिले हेकुरेले बोल्ड गराएका हुन् । १६औं ओभरको दोस्रो बलमा नेपालले छैटौं विकेट गुमायो । नेपालका लोकेश बम ५ रन बनाएर आउट भए । उनीलाई कार्लेश आमिनीले क्याच आउट गराएका हुन् । १७औं ओभरको पहिलो बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका करण केसी १४ रन बनाएर आउट भए । उनलाई पीएनजीका इलेइ नोआले क्याच आउट गराए ।त्यसपछि नेपालले १९औं ओभरको अन्तिम बलमा आफ्नो आठौं विकेट गुमायो । नेपालका सोमबाल कामी १ रन बनाएर आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट गराएका हुन् ।

प्रतिकृया दिनुहोस्