News Portal

शिवशक्ति ग्रुप रसोई झापा सुपर लिग

भद्रपुरबाट आलम र विराटबाट अन्सारी खेल्ने

रातोपोस्ट संवाददाता
८१९ पटक

झापा, १२ चैत । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा आगामी वैशाख १ देखि ७ गते सम्म काँकरभिट्टा माविको मैदानमा आयोजना हुने शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा सहभागी टीमहरुले धमाधम राष्ट्रिय खेलाडी समावेश गर्न थालेका छन्। अर्पण राई ओनर रहेको भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक वराल र आइकोनिक प्लेयरको रुपमा पूर्व राष्ट्रिय क्रिकेटर मन्जित श्रेष्ठलाई खरिद गरि सकेको थियो । टोलीमा एक जना राष्ट्रिय समावेश गर्न पाउने प्रावधान अनुसार पूर्व राष्ट्रिय क्रिकेट अलराउन्डर मेहवुव आलमलाई अनुवन्धन गरिएको टिम ओनर राइले जनाए ।

भद्रपुरबाट अमित श्रेष्ठ, प्रेम सिंह, श्रवण यादव, सुमिरन राई, ग्रिसल पौडेल, सुजन घिमिरे, विवेक पोख्रेल, अर्जोधी मल्लीक, आशिक राना मगर, विष्णु कामती, शेखर खडका, मोविन अली, सन्जिव तामाङ, मनिष कामती र प्रवीण पुरी खेल्दै छन्। त्यस्तै सुमन प्रसाई, विरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा अंकित सुवेदी र आइकोनिक प्लेयरमा पूर्व राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई खरिद गरेको थियो । राष्ट्रिय खेलाडीको रुपमा अदिल अन्सारीलाई अनुवन्धन गरिएको टोलीले जनाएको छ । अन्य खेलाडीमा अभ्यास तिम्सिना, अर्जुन दाहाल, सोनु अन्सारी, नित्य खडोरिया, विपिन महतो, अनिल लामिछाने, अनिष लुइटेल, बिनोद राउत, शिवान्श वजगाई, सन्तोष कामी, सुमित नेउपाने, वसन्त चौहान, गौरव भट्टराई, रोहिन राई र आदर्श सरिया लगायत छन्।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजार र उपविजेताले नगद १ लाख ११ हजार पाउने छ । उपविजेताको पुरस्कार राशी का“करभिट्टाका संचार उद्यमी तथा युवा नेता बालकृष्ण थापाले प्रायोजन गरेका हुन्। प्रायोजक शिवशक्ति ग्रुपका मुख्य संचालक सन्दिप अग्रवालले नेपालकै चर्चित र लोकप्रिय खेलाडीहरु सम्मिलित हुने क्रिकेट टुर्नामेन्टले झापामा मात्रै नभएर प्रदेश १ मा रौनकता थप्ने जनाउदै प्रतियोगितामा प्रायोजन गरेको जनाए । झापा प्रतिनिधि बजरंग गोयलले पनि प्रतियोगितालाई भव्यताका सफल पार्न जिल्लाका उद्यमी, व्यवसायीलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्