News Portal

वैशाख २ गतेदेखि भद्रपुर-पोखरा दैनिक उडान

रातोपोस्ट संवाददाता
८२४ पटक

झापा, २२ चैत्र । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुर-पोखरा दैनिक उडान गर्ने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । पोखराबाट भद्रपुर दिउँसो १:२५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने बुद्ध एयरले जनाएको छ ।

यस उडानबाट स्वदेशी मात्रै नभई भारतीय पर्यटक समेत लाभान्वित हुने कम्पनीको भनाइ छ । सीमापारि सिलगुढी, दार्जिलिङ, सिक्किमबाट पर्यटक पोखरा भित्रिन सहज हुनेछ बुद्ध एयरले जनाएको छ । भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज समेत ल्याएको छ ।

एयरले काठमाडौं बाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ । यसअघि नै भैरहवा, भरतपुर ९चितवन०, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट पोखरा सिधा उडान विस्तार गरिसकेको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन् ।

प्रतिकृया दिनुहोस्